किफायती प्राविधिक क्रान्ति
मैले भर्खरै मात्र १२०० रुपैयाँमा लगभग १० डलरबराबरमा नक्कली मार्शल विलेन ब्लुटुथ स्पिकर किनें। आश्चर्यको कुरा के भने, यसको ध्वनि गुणस्तर त्यति निराशाजनक थिएन—जति मूल्य तिरेँ, त्यस अनुसार त स्वीकार्य नै हो। तर अझ बढी प्रभाव पार्ने कुरा त यसको डिजाइन थियो: आकार, बनावट र देखावट मूल मार्शल स्पिकरसँग झन्डै उस्तै लाग्थ्यो। जो कोही संगीत, पोडकास्ट वा अडियोबुक सुन्न चाहन्छन् र बजेटमा छन्, उनीहरूका लागि यस्ता उपकरणहरू पर्याप्त नै छन्। त्यो सानो खरिदले मलाई पुराना यादहरू मा पुर्यायो—र मलाई फेरि विद्यालय जीवनतर्फ फर्काइ दियो। जब म सानो कक्षामा थिए, हाम्रो टोलमा एक-दुई घरमा मात्र टेलिभिजन हुन्थ्यो। त्यति बेला टिभी भनेको विलासी सामान थियो—ठूलो, भद्दा र महँगो। हाम्रो परिवारसँग हिटाची को २० इन्चको रंगीन टिभी थियो, र त्यो नै हाम्रो सामाजिक प्रतिष्ठाको एउटा सूचक बनिसकेको थियो। शनिवारको दिउँसो नेपाल टेलिभिजनले हिन्दी फिल्म देखाउँदा वा मध्य हप्तामा महाभारत आउने बेलामा हाम्रो बैठक कोठा मानिसहरूले खचाखच भरिन्थ्यो। जो जसले जहाँ ठाउँ पाउथ्यो, त्यहीँ बसेर हेर्थे—हाम्रो घर एउटा सानो सिनेमा हल जस्तै बन्थ्यो। भिस...